PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कोरोना जित्न उच्च आत्मविश्वास चाहिने रहेछ, संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौं: प्रकाश सपूत



पहिलोपोस्ट

कोरोना जित्न उच्च आत्मविश्वास चाहिने रहेछ, संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौं: प्रकाश सपूत

काठमाडौं : गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्मविश्वासले कोरोना जितेको बताएका छन्।

सपूत मंगलवार कोरोना संक्रमण मुक्त भएका हुन्। उनले आफू र भाई देवेन्द्र बल्लु कोरोना मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

साथै कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहने समेत उनले बताएका छन्।

उनको यहीँ वैश्वाख १७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। संकमण भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। त्यसपछि उनका भाइलाई पनि संक्रमण पृष्टि भएको थियो।

साथै अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन्। आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्ने विश्वास लिएको प्रकाशले बताएका छन्।

यस्तो बेला आफू सुरक्षित र सकरात्मक भएर सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न समेत उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell