वीरगंज : वीरगंजमा पछिल्लो समय रगतको चरम अभाव हुँदै गएको छ।
संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम प्रभावित भएको र दाताले रक्त सञ्चार केन्द्रमासमेत रक्तदान गर्ने अवस्था नरहेकोले रगतको चरम अभाव देखिएको केन्द्रका प्रमुख प्राविधिक सौरभराज पाण्डेले जानकारी दिए।
उनका अनुसार अहिले दिनमा ३० पिन्ट रगतको माग आइरहे पनि दुई दिन पुग्ने रगतमात्र स्टकमा रहेको छ। उनले बढी अभाव हुने रगत समूहमा ओ पोजेटिभ, एबी पोजेटिभ र बी पोजेटिभलगायत रहेको बताए।
प्रशासनसँग रगतको सहज आपूर्तिको लागि वातावरण बनाउन अपिलसमेत गरे। नत्र केही दिनमा रगतको अभावमा धेरै जना विरामीको ज्यान जानसक्ने खतरा उनले औल्याए।