A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699814b56648c4.73292133): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699814b56648c4.73292133,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

हस्ताक्षर नै नगरी बागलुङ पुगे जनमोर्चाका सांसद कृष्ण थापा, मुख्यमन्त्रीमा गुरुङ दोहोरिने निश्चित
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

हस्ताक्षर नै नगरी बागलुङ पुगे जनमोर्चाका सांसद कृष्ण थापा, मुख्यमन्त्रीमा गुरुङ दोहोरिने निश्चित



रिना थापा

हस्ताक्षर नै नगरी बागलुङ पुगे जनमोर्चाका सांसद कृष्ण थापा, मुख्यमन्त्रीमा गुरुङ दोहोरिने निश्चित

पोखरा : गण्डकी प्रदेशका सांसद कृष्ण थापा बाग्लुङ पुगेका छन्। गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक भूमिकामा रहेका जनमोर्चाका सांसद कृष्ण थापा बुधवार नै बागलुङ पुगेका हुन्।

आइतवार मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुखले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ। सरकार गठन गर्न काङ्ग्रेस सहित विपक्षी दुई दलले गठबन्धन गरेका छन्।

प्रदेशमा ६० सदस्यीय सांसदमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्। सभामुखले हस्ताक्षर गर्न पाउँदैनन्।

नयाँ सरकारका लागि आवश्यक ३ सांसद जनमोर्चासँग छ। जनमोर्चाका सांसद पियारी थापा सुरुदेखि नै नयाँ सरकार गठनमा समर्थन गर्दै आएकी छन्।

सांसद खिमविक्रम शाहीको हस्ताक्षर संकलन भइसकेको छ। अहिले जनमोर्चाका १ सांसदले सर्मथन नगर्दा सरकार गठनमा १ मत मात्र अपुग बनेको हो। सांसद कृष्ण थापाले नयाँ सरकारका लागि आफ्नो समर्थन नगर्ने हिजो बसेको जनमोर्चाको संसदीय दलको बैठकमा बताइसकेका छन्।

यद्यपि उनकै पार्टी र विपक्षी समयवधिसम्म हस्ताक्षर जुटाउन कसरत गरिरहेका थिए। तर आज अचानक हस्ताक्षर नगर्ने भन्दै थापा बागलुङ पुगेका छन्। उनले आफ्नो धारण स्पष्ट रहेको बताए। ‘मेरो त त्यहीँ हो। अरु केही छैन,’ सांसद थापाले भने, ‘म त अहिले मेरो घर जैमुनी आए बागलुङ।’

कृष्ण थापाको उक्त निर्णयमा जनमोर्चाले स्पष्टीकरण सोधेको छ। तर आफूलाई त्यसबारे जानकारी नभएको उनी बताउँछन्। ‘खै मैले अहिलेसम्म एउटा अक्षर हेरेको छैन,’ उनले भने।

पार्टीले नयाँ सरकार गठनको लागि सोमबार ह्विप समेत जारी गरेको थियो। तर सचेतक पियारी थापाले जारी गरेको ह्विप विधान विपरीत छ। दलको नेताको निर्देशन सचेतकले ह्विप जारी गर्नुपर्छ। दलका नेता कृष्ण थापा हुन्। उक्त ह्विपबारे थापा अवैधानिक भएको धारणा राख्छन्। ‘ऐन विधान विपरीत गर्ने त अवैधानिक नै हुन। त्यसो किन गर्छन्?’ थापाले प्रश्न गरे।

प्रदेश प्रमुखले दिएको समयवधि आज बुधबार ४ बजे सकिँदैन। आज ४ बजेसम्म गठबन्धन गरेका विपक्षीले ३१ सांसदको हस्ताक्षर नबुझाए प्रदेश प्रमुखले ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन पाउने प्रावधान छ। जसअन्तर्गत मुख्यमन्त्री पदमा पुन: पृथ्वीसुब्बा गुरुङ नै नियुक्त हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell