PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कपिलवस्तुमा १० दिन लम्बियो निषेधाज्ञा



पहिलोपोस्ट

कपिलवस्तुमा १० दिन लम्बियो निषेधाज्ञा

बुटवल : कपिलवस्तुमा निषेधाज्ञा १० दिन थप्ने निर्णय भएको छ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढेको कारणले निषेधाज्ञा जेठ १ गते देखि १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आज बिहान ११ बजे जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको हो। बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो।

यसैबिच बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अति आवश्यक वस्तु तथा सेवाका पसलहरु खुल्ला हुने निर्णय पनि भएको छ। निषेधाज्ञामा अनुमति नलिएर चल्ने सवारी साधानहरुमा थप कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए।

हाल कपिलवस्तुमा कुल संक्रमितको संख्या ११३५ पुगेको छ भने मुत्यु हुनेको संख्या ९३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell