PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई



पहिलोपोस्ट

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

बुटवल : नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन्।

कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको सभापति अब्दुल रज्जाकले जानकारी दिए।

कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो।

सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नका लागि भएको असुविधालाई मध्य नजर गरि बेडसमेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको हो।

आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने सभापति रज्जाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell