PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कर्णालीमा दुई मन्त्री हटाएर मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री बनाउँदै



पी बी खड्का

कर्णालीमा दुई मन्त्री हटाएर मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री बनाउँदै

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन्।

बहालवाला आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीलाई पन्छाएर माओवादी केन्द्रकै दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन्।

नयाँ आउने मन्त्रीमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र सीताकुमारी नेपालीको नाम चर्चामा छ।

यि तिनै जनालाई मिलाउनका लागि मुख्यमन्त्री शाहीले मन्त्रालय नै फोडेर भागबण्डा लगाउन सकिने बुझिएको छ।

यद्यपी, अहिले नै मन्त्रीबाट राजीनामा दिने र नियुक्त गर्ने निर्णय भइनसकेको मन्त्री विमला केसीले जानकारी दिइन्। ‘राजीनामा दिने भन्ने हुदैँन, पार्टीले निर्णय गर्छ त्यही निर्णय कार्यान्वयन गर्ने हो,’ सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसीले भनिन्, ‘अहिले नै को आउँछ भन्ने छैन, आज साँझसम्म आउनुहुन्छ।’

एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीले पद जोगाएका तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन्।

अहिले एमालेबाट आएका तीन जना, मुख्यमन्त्री सहित माओवादी केन्द्रका तीन जना मन्त्री छन् भने कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय खाली छ। मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री शाहीले सम्हालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell