PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा मिलाउन मन्त्रालय फुटाएर थपियो तीन जना मन्त्री



पी बी खड्का

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा मिलाउन मन्त्रालय फुटाएर थपियो तीन जना मन्त्री

सुर्खेत : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका छन्।

माओवादी केन्द्रका रुकुम पश्चिमका सांसद गोपाल शर्मा, सुर्खेतका विन्दमान विष्ट र सीताकुमारी नेपालीलाई मन्त्री पदमा नियुक्त गरेर मुख्यमन्त्री शाहीले बुधवार मन्त्रिपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनकै लागि मन्त्रालय फुटाएरै भए पनि तीन जना मन्त्री थपेका हुन्।

रुकुमपश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित विष्टलाई आन्तरिक मामिला कानून, युवा तथा खेलकुद मन्त्रालय र सुर्खेतबाटै समानुपातिक सांसद बनेकी नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री शाहीले सिफारिस गरेका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक समेत रहेकी नेपालीलाई नियुक्त गरेका हुन् भने सामाजिक विकास मन्त्रालय अन्तर्रगत रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गाभेका छन्।

मुख्यमन्त्री शाहीले यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीलाई राजीनामा दिन लगाई स्वीकृत गरेका थिए।

एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीले पद जोगाएका तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन्। एमाले नेता माधव नेपाल खेमाका अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा र कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका हुन्।

कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय खाली छ। कांग्रेसभित्र मन्त्रीका आकांक्षी तीन जना छन्। जसले गर्दा अहिलेसम्म कांग्रेसले टुंगो लगाउन सकेको छैन। हाल मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री शाहीले सम्हालेका छन्।

कर्णाली सरकारमा मुख्यमन्त्रीसहित नेकपा माओवादी केन्द्रबाट चार जना हुनपुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell