PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : एकैदिन १६८ जनाको मृत्यु, थपिए ९३०५ जना संक्रमित



पहिलोपोस्ट

सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : एकैदिन १६८ जनाको मृत्यु, थपिए ९३०५ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

२० हजार ३६५ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण देखिएको हो। यस्तै, ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा संक्रण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, एकैदिन १६८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय करोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell