PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जनमोर्चाका पुरै सांसद जोडेर विपक्षी गठबन्धनको दाबी पेश: मुख्यमन्त्रीका दावेदार भन्छन्, ‘सदनमा बहुमत देखाउँछौं, बाहिर होइन’



रिना थापा

जनमोर्चाका पुरै सांसद जोडेर विपक्षी गठबन्धनको दाबी पेश: मुख्यमन्त्रीका दावेदार भन्छन्, ‘सदनमा बहुमत देखाउँछौं, बाहिर होइन’

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबिसहितको पत्र विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाएको छ। विपक्षी दलले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

समयसीमाभित्र बुझाएको पत्रमार्फत कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थनमा कांग्रेस संसदीय दलका नेता नेपालीको नेतृत्‍वमा नयाँ सरकार बनाउन दाबी पेश गरिएको हो।

पत्रमा सांसद संख्यामा जनमोर्चाका तीन जना सांसदलाई नै उल्लेख गरिएको छ। जबकी संसदीय दलका नेता कृष्‍णबहादुर थापाले आफू तटस्थ रहेको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेका छन्।

यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेताले बुझाएको पत्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमत समर्थनमा धारा १६८ को उपधारा २ अनुसार कांग्रेस नेता नेपालीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई अनुरोध गरिएको छ।

अब प्रदेश प्रमुखले कसरी निर्णय लिन्छिन् हेर्न बाँकी छ। विपक्षी गठबन्धनको बहुमत पुगेको मान्छिन वा जनमोर्चाका सांसद तटस्थ रहेकाले बहुमत पुग्दैन भन्ने मान्छिन् अब थाहा हुनेछ।

तर प्रदेश प्रमुख समक्ष दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता नेपालीले बहुमत सदनमै देखाउने प्रतिक्रिया दिए। ‘५ दलमध्ये ४ दलको समर्थन छ। ३० दिनभित्र लिनुपर्ने हो। ३० दिनमा हाउसमा हेर्ने हो। भर्ना गरेजस्तो बाहिर हुँदैन। जहिले पनि सांसदको काउन्टिङ हाउसमा हुन्छ। कहिले हुन्छ भन्दा विश्वासको मत लिँदाखेरी। अब आजको प्रक्रिया पूरा भयो। मलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्छ। गर्नुहुन्छ। कहिले गर्ने भन्ने उहाँहरुको कुरा हो,’ नेपालीले पत्रकारहरुसँग भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell