PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव छैन, संकट आउन नदिन स्वास्थ्य पूर्वाधार निर्माणको तयारीमा प्रदेश सरकार



निशा गुरुङ

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव छैन, संकट आउन नदिन स्वास्थ्य पूर्वाधार निर्माणको तयारीमा प्रदेश सरकार

हेटौंडा : देशका विभिन्न जिल्लामा अक्सिजनको अभावमा कोरोना संक्रमितहरुले आफनो ज्यान गुमाइरहेको अवस्थामा हेटौंडा अस्पतालमा भने उपचाररत् बिरामीहरुले समस्या ब्यहोर्नु परेको छैन।

हेटौंडा अस्पतालमा अहिलेसम्मलाई अक्सिजनको अभाव भएको छैन। हेटौंडामा अक्सिजन प्लान्ट नहुँदा बारा, वीरगंज, नवलपरासीबाट अक्सिजन ल्याउन गरिएको छ। अन्य जिल्लाबाट अक्सिजन ल्याने गरिएको छ। तर निषेधाज्ञाका कारण अक्सिजन ल्याउन केही समस्या भने भएको अस्पतालले जनाएको छ।

हेटौंडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा ठुला सिलिन्डरको अक्सिजन खपत हुने गरेको अस्पतालका कोभिड १९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए। अस्पतालमा मंगलवार १३० वटा अक्सिजन सिलिन्डर खपत भएको उनले जानकारी थिए।

हेटौंडा अस्पतालमा हाल एक सय हाराहारीमा अक्सिजन सिलिन्डर स्टकमा रहेको डा. काफ्ले जानकारी दिए। सबैले सहयोग गर्दै आईरहेको हुँदा हालसमम्म अक्सिजनको समस्या नभएको उनी बताउँछन्।

हाल हेटौंडा अस्पतालमा ४६ जना कोरोना कोरोना संक्रमित उपचररत् छन। उनीहरु सबैलाई अक्सिजन सपोर्टमा रहेको डा काफ्लले बताए।

हाल नवलपरासी , पर्साबाट अक्सिजन सप्लाई गर्न जिल्ल प्रशासन कार्यालय सहयोग रहेको डा.काफ्लले जानकारी दिए।

आउने दिनमा हेटौंडाका अस्पतालहरुमा पनि अक्सिजन अभाव हुन सक्ने भन्दै प्रदेश सरकारले सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको छ। प्रदेशको राजधानीमा मात्रै नभई प्रदेशभरका अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन्।  उनले अक्सिजन अभाव हुन नदिन प्रदेश सरकारले तत्काल अक्सिजन उपलब्ध गराउने विधि बारे पनि छलफल भइरहेको जानकारी दिइन्।

यता, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको सहकार्यमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ नेपाल , एरिया २ मकवानपुरबाट निःशुल्क 'अक्सिन बैंक' संचालन गरिएको छ। कारोना महामारीका कारण कुनै पनि संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उदेश्यले अक्सिजन बैंक संचालन गरिएको लायन्स क्लब अफ हेटौंडा बजार ग्रिन सिटीका अध्यक्ष साथै अक्सिजन बैंकका संयोजक राजेश वाग्लेले जानकारी दिए।

३० वटा अक्सिजन सिलिन्डर राखेर सुरुवात गरेका लायन्स क्लबले २ हप्तासम्म ३२ जनालाई निःशुल्क अक्सिजन वितरण गरिसकेको संयोजक वाग्ले जानकारी दिए।

क्ल्बले संक्रमित व्यक्तिको रिर्पोट र वडा अध्यक्षको सिफारिसका आधारमा संक्रमित व्यक्तिका आफन्तलाई घरसम्म अक्सिजन लैजाने व्यवस्था गरेको हो।

हाल जिल्ला प्रहरी कार्यालयमा ३६ वटा सिलिन्डर स्टकमा रहेको र मकवानपुरमा जिल्लामा ४५ सयसम्म सिलिन्डर रहेको अनुमान गरिएको छ।

स्थानीय प्रशासनले उद्योग कलकारखानामा रहेको सिलिन्डरहरु सबै फिर्ता माग्ने र अस्पताललाई दिने काम समेत गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell