PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चौलागाईंको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टीको झण्डा आधा झुकाइने



पहिलोपोस्ट

चौलागाईंको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं : उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका छन्।

नेकपा एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलले आज चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका हुन्।

बागमती प्रदेश सभाका सदस्य समेत रहनुभएका चौलागाईंको निधनमा नेकपा एमालेले आजबाट तीन दिनसम्म शोक मनाउने भएको छ। केन्द्रीय कार्यालयमा श्रद्वाञ्जली अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्वीर र शोक पुस्तिका राखिएको छ। यसैगरी, केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

२०१६ साल फागुनमा दोलखामा जन्मिएका चौलागाईंले २०३८ साल मंसिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए। पार्टीको तत्कालिन युवा संघको केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इन्चार्ज हुँदै पार्टीको पोलिटव्युरो सदस्य थिए। कोभिड १९ संक्रमणका कारण मंगलबार उनको काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell