PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

हुन्डीको साढे ८२ लाखसहित वीरगंजबाट ३ भारतीय र एक नेपाली नागरिक पक्राउ



पहिलोपोस्ट

हुन्डीको साढे ८२ लाखसहित वीरगंजबाट ३ भारतीय र एक नेपाली नागरिक पक्राउ

वीरगंज : पर्सा प्रहरीले साढे ८२ लाख हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन्।

प्रहरीले भारतको रक्सौल-१८ घर भइ हाल वीरगंज-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुडु कुमार, भारतको मोतिहारी-५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढिमाई नगरपालिका-४ बस्ने वर्ष १८ का कलामुद्दीन अन्सारीलाई पक्राउ गरेको हो।

दिउँसो १ बजे आदर्शनगरको पुरानो बसपार्क नजिकै कालो झोला लिएर गइरहेका अन्सारीलाई प्रहरीले चेक गर्दा २५ लाख अवैध रकम भेटिएपछि प्रहरी विकास कुमारको डेरासम्म पुगेको थियो। त्यसपछि डेराबाट थप ५७ लाख ५० हजार अवैध रकम भेटिएपछि चार जनामाथि बैंक तथा वित्तीय कसुर सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। प्रहरीले ना ८ प ४८९७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell