PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

वीरगंजमा जेठ ६ सम्म निषेधाज्ञा लम्ब्याउन डीसीसीएमसीको सिफारिस



पहिलोपोस्ट

वीरगंजमा जेठ ६ सम्म निषेधाज्ञा लम्ब्याउन डीसीसीएमसीको सिफारिस

वीरगंज : वीरगंजमा आगामी जेठ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे समक्ष जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्सा (डीसीसीएमसी)ले बुधवार बैठक बस्दै यस्तो सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको थियो। पर्सामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाई कोरोना महामारीको चेन ब्रेक गर्ने नीति लिइएको छ। यसैगरी, बैठकले नारायणी अस्पतालमा २४ घण्टा पीसीआर परीक्षणका लागि ३ जना प्राविधिक ३ महिनाका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको छ। ती कर्मचारीले डीसीसीएमसीबाट तलब पाउने छन्।

त्यसैगरी, भारतबाट वीरगंज नाका हुँदै भित्रिने नेपाली नागरिकलाई होल्ड गर्न वीरगंज भन्सार नजिकको गोदामको जग्गालाई उपयोग गर्न सीसीएमसीसँग अनुमति मागिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell