PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गण्डकीमा दोस्रोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले लिए शपथ, ३० दिनभित्र बहुमत जुटाउनुपर्ने



रिना थापा

गण्डकीमा दोस्रोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले लिए शपथ, ३० दिनभित्र बहुमत जुटाउनुपर्ने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। राजीनामा दिएको डेढ सातापछि पुन: मुख्यमन्त्री नियुक्त गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साझ सपथ लिएका हुन्।

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको दलको नेताको हैसियतमा आजै गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्। प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

जनमोर्चाका सांसद कृष्ण थापा सुरुआत देखिनै काङ्ग्रेसलाई समर्थन नगर्ने बताइरहेका थिए। बुधबार विपक्षो गठबन्धनले बहुमतको दाबीसहित प्रमुख कार्यालयम पत्र बुझाएपछि सांसद खिमविक्रम शाहिले पनि आफ्नो समर्थन नरहेको जनाए। दुबै सांसद तटस्थ बसे।

मुख्यमन्त्रीको सपथ लिएका गुरुङले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। यो नै उनको वास्तविक परीक्षा हुनेछ। यसमा पास भए उनले डेढ वर्ष सरकार चलाउनेछन्।

यता कृष्णचन्द्र नेपालीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइसकेका छन् । उनले पहिलोपोष्टसँग कुरा गर्दै भनेका थिए, ‘सिनारियो दोहोरिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell