PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका थिए। बुटवल लुम्बिनीको तर्फबाट पनि पटक-पटक उत्कृष्ट आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेन।

पराजयसँगै बुटवल लुम्बिनी एफसी प्रतियोगिताबाट बाहिरिएको छ भने ललितपुरले फाइनल प्रवेशका लागि भोलि नै काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्ने छ। यसअघि हिजो सम्पन्न प्लेअफमा धनगढी एफसीसँग पराजित हुँदै काठमाडौ रेजर्स फाइनल पुग्नबाट चुकेको थियो। भोलि हुने खेलमा जित्ने टोली फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

‘पहिलो हाफमा पासिङहरु गडबढ भएको थियो। सानुसानु मिस्टेक भएको थियो। दोस्रो हाफमा राम्रो भयो,’ ललितपुरका खेलाडी कमल श्रेष्ठले पोस्टम्याच प्रेजेन्टेसनमा भने, ‘हामी टफ ४ मै गाह्रो गरि आएको थियो। अब टप ४ मा पुगेपछि कसरी फाइनल पुग्ने भनेर मोटिभेट छ।’

‘हामी रिबेन्ज लिने नै लक्ष्य छ। भोलि जितेर जुन नमिठो सुरुवात भएको थियो, त्यसमा भोलि जित निकाल्दै त्यसको बदला लिने मनस्थिति छ।’ कार्कीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell