PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अस्पतालहरुलाई अहिलेको संवेदनशील अवस्थामा जिम्मेवार बन्न प्रशासनको आग्रह



पहिलोपोस्ट

अस्पतालहरुलाई अहिलेको संवेदनशील अवस्थामा जिम्मेवार बन्न प्रशासनको आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अस्पतालहरुले बिरामी भर्ना गर्न नसकिने तथा भर्ना भईसकेकाहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै विभिन्न अस्पतालहरुले अक्सिजन अभावको कारण देखाइ बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न तथा उपचार गर्न नसकिने सार्वजनिक सूचनाहरु जारी गरेकोप्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोभिड १९ को नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नु पर्ने हुन्छ।’

यस्तो अवस्थामा मानवीय संवेदनशिलतालाई बुझी आ-आफ्नो पक्षबाट सकारात्मक भुमिका निर्वाह गर्नका लागि प्रशासनले सार्वजनिक ध्यानाकर्षण समेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell