PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश १ मा अहिलेसम्मकै उच्च ९९३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा अहिलेसम्मकै उच्च ९९३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन्। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो।

प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, भोजपुर र संखुवासभामा ३२/३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६/६, पाँचथर, खोटाङ र १ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सबैभन्दा बढी १३९ महिलासहित ३२२ जना संक्रमित थपिएका छन्। सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११/११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५/५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३/३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९/९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४ जनमा पनि संक्रमण देखिएको हो।

झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३/३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बाह्रदशीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५/१५, मादी र मकालुमा १/१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३/३, सुर्योदय र स्थानीय तह नखुलेका २/२ जना संक्रमित थपिएका छन्।

धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, तेह्रथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १/१ र  प्रदेश १ बाहिरका ४३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ। आज ११० जना संक्रमणमुक्त भएसँगै संक्रमित भएकामध्ये ३० हजार ४७०  संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ। 

८ महिलासहित १७ जना संक्रमितको मृत्यु

प्रदेश १ मा आज कोरोना संक्रमणका कारण ८ महिलासहित १७ जना संक्रमितको मृत्यु भएको छ। आज झापाका ३ महिला र ३ पुरुष, सुनसरीमा २ महिला र ३ पुरुष संक्रमितको मृत्यु भएको छ।

त्यस्तै कोरोना संक्रमणबाटै मृत्यु हुनेमा मोरङका २ पुरुष, धनकुटा र उदयपुरका १/१ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज मृत्यु भएका १७ जनासहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। जसमा १७७ महिला र ४२३ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell