PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा



पहिलोपोस्ट

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।

इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले बताए।

बुधवार साँझबाट कोभिड संक्रमित राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन्। अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताइन्।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्ड बमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीको भनाइ छ। इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन व्यवस्थित रहेको दावी गरे। माइल्ड कोभिडका बिरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने उनले जानकारी दिए।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्समार्फत अन्य अस्पताल लगिने पनि चेम्जोङले बताए। गत बर्ष पनि इटहरी-९ स्थित रंगशालामा आइसोलेसन संचालित थियो। जहाँ आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ। आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell