PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने, थप कडाइ गर्ने तयारी



पहिलोपोस्ट

मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने, थप कडाइ गर्ने तयारी

हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी जेठ १ गतेबाट निषेधाज्ञालाई थप कडा बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागू हुनेगरि १३ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरेको हो।

हाल मकवानपुरको चारवटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। जसमा हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा नगरपालिका रहेका छन्।

मकवानपुरमा कोरोना संक्रमणमा कमी नआएपछि प्रशासनले थप कडाइको साथमा निषेधाज्ञा लागू गर्ने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न जारी निषेधाज्ञालाई थप गर्दै कडाइका साथ कार्यान्वयन गर्ने तयारी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell