PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गर्ने काठमाडौंबाट समातिए



पहिलोपोस्ट

चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गर्ने काठमाडौंबाट समातिए

काठमाडौंः सरकारले यतिखेर कोरोना संक्रमणको कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरेको छ।

भारतसँग मात्र सातामा दुई पटक हवाई उडान भइरहेको छ। तर एक ट्राभल एजेन्सीले चार्टर उडान रहेको भन्दै यात्रुहरूलाई ठगी गर्ने उद्देश्यले सूचना गरेको पाइएको छ।

सोह्रखुट्टेस्थित अभिवादन होलिडे कम्पनीले काठमाडौं देखि रियादसम्मको चार्टर फ्लाइट भएको भन्दै सूचना गरेपछि महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले ट्राभलका संचालकलाई नियन्त्रणमा लिएको हो। ३९ वर्षीय उमेश गुप्तालाई नियन्त्रणमा लिएको हो।

ठगी अभियोगमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell