PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा



पहिलोपोस्ट

आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा
यो ग्राफ (२०७८ बैशाख २९ गतेको तथ्याङको आधारमा)

काठमाडौंः देशभर बढ्दै गएको कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। आजबाट हिमाली जिल्ला मुस्ताङमा पनि निषेधाज्ञा गरिएको छ। आज बिहानदेखि नै मुस्ताङमा निषेधाज्ञा छ। मुस्ताङमा जिल्लाभर नै निषेधाज्ञा भने गरिएको छैन।

मुस्ताङको थासाङ, घरपझोङ  र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा गरिएको हो। यो निषेधाज्ञा जेठ ६ गते राति १२ बजेसम्म जारी रहनेछ।

गृह मन्त्रालयको अनुसार बुधवार रातिसम्म ७३ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। बाँकी ४ जिल्लाहरू मनाङ, खोटाङ, पूर्वी रुकुम र तेह्रथुममा भने निषेधाज्ञा गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell