PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पूर्व एआइजीको घरमा एक प्रहरीले गरे आत्महत्या



पहिलोपोस्ट

पूर्व एआइजीको घरमा एक प्रहरीले गरे आत्महत्या

काठमाडौं : पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी सहयोगीले आत्महत्या गरेका छन्। आज बिहान कागेश्वरी मनोहरा वडा नम्वर ६ स्थित ग्रीन हिल सिट हाउजिङमा रहेको बमको घरमा आत्महत्या गरेका हुन्।

चार वर्षदेखि बमको घरमा सहयोगीका रुपमा प्रहरी प्रधान कार्यालयबाट खटिएका ओखलढुङ्गा घर भएका प्रहरी परिचर बासुदेव धमलाले आत्महत्या गरेका हुन्।

'झुन्डिएर आत्महत्या गरेको देखिएको छ। अन्य शंकास्पद केही देखिएको छैन। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

धमलाको केही समयअघि अपरेशन गरिएको थियो। अपरेशन गरेपछि उनलाई बमकै घरमा छुट्टै बस्ने गरि व्यवस्था मिलाइएको थियो। उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell