PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

काठमाडौंदेखि दाङसम्मको बस भाडा ४५ सय रुपैयाँ !



पहिलोपोस्ट

काठमाडौंदेखि दाङसम्मको बस भाडा ४५ सय रुपैयाँ !

काठमाडौं : निषेधाज्ञाको समयमा जरुरी काम परेर काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले केही दिनदेखि संचालन गरेको विशेष अपरेसनमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा बसपार्क क्षेत्रबाट बाजुराका २६ वर्षीय अनिल विक, बर्दियाका ३७ वर्षीय कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षीय बलबहादुर थारु रहेका छन्। उनीहरुले दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिएको अनुसन्धानमा देखिएको छ।

त्यस्तैगरी, बारा जाने यात्रुहरुसँग दोब्बर बढी भाडा लिएको पाएपछि ट्राफिक प्रहरीले बाफलबाट सर्लाही बरथहवाका २४ वर्षीय अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका २५ वर्षीय अफताब आलमलाई पक्राउ गरेको छ। महाशाखाको टोलीले निषेधाज्ञाको समयमा बढी भाडा लिई यात्रु ठगी गर्ने ३३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell