PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर



पहिलोपोस्ट

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ।

नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे।

मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार अग्रसर रहेको र जनताको सेवाको लागि आफू पनि फिल्डमै रहेको बताए। दुई दिनअघि प्रदेश २ सरकारले ५० हजार भिटिएम र एन्टीजीन खरिद गर्ने निर्णण गरेको थियो।

प्रदेश सरकारले हटस्पट बनेको वीरगंजमा अक्सिजनलगायत अति आवश्यक औषधि व्यवस्थापन गर्नको लागि रु २० लाख उपलब्ध गराएको मुख्यमन्त्री राउतले बताए।

कार्यक्रममा वीरगंज महानगरका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, निमित्त मेसु डा. एनामुल हक, डा. निरज सिंहलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell