PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मोदीलाई अनुपम खेरको सुझाव, 'छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ'



पहिलोपोस्ट

मोदीलाई अनुपम खेरको सुझाव, 'छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ'
PHOTO : PTI

भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। बिग्रँदो कोरोना हालतका बिच नरेन्द्र मोदी सरकारलाई कमजोर सरकारको संज्ञा दिइएको छ।

तर अभिनेता अनुपम खेर भने प्रधानमन्त्री मोदीको प्रशंसा गरिरहन्छन्। बेलाबेला मोदी सरकारको बचाउमा केही न केही पोष्ट गर्छन्। जसकारण उनले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु पर्छ।

तर यसपटक भने अनुपम खेरले कोरोना महामारीको बेला सरकार चुकेको भनेर अभिव्यक्ति दिएका छन्। यस्तो बेला सरकार जिम्मेवार हुनुपर्ने समेत बताएका छन्।

उनले एक अन्तर्वार्तामा भने, 'कतै न कतै सरकार चिप्लिएको छ। समय आइसकेको छ, उनीहरुले बुझ्नुपर्ने बेला भएको छ कि आफ्नो छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ। मेरो मान्यता यो छ कि थुप्रै मामिलामा सरकारको आलोचना सही छ।'

उनको यो अभिव्यक्तिले सबैलाई निकै अचम्मित बनाएको छ। किनकि दुइ हप्ताअघि मात्रै खेरले मोदीको समर्थनमा 'आउन त मोदी नै आउँछन्' भनेर ट्वीट गरेका थिए। जसकारण उनले ट्रोलको शिकार हुनुका साथै निकै आलोचित हुनुपरेको थियो।

कोरोना महामारीबिच अनुपम खेरले अन्य कलाकारहरुसँग मिलेर सहयोग गर्न शुरु गरेका छन्। उनले ‘हिल इन्डिया’ अभियान सुरु गरेका छन्। यसमार्फत् उनले भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटर्स प्रदान गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell