PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?



पहिलोपोस्ट

ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वार्ता सुरु भएको पुष्टि गरे। मिडिया व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबिच छलफल सुरु भएको हो।

वार्ता अघि नेपालले कानुन व्यवसायीसँग छलफल गरेका छन् भने ओलीले आफू निकट नेताहरुसँग कुराकानी गरेका थिए। बिहानै ओलीले भेटका लागि नेपाललाई प्रस्ताव गरेकोमा नेपालले साढे २ घण्टापछि भेटने बताएका थिए।

नेपाल समूहले आफ्ना ६ बुँदे मागलाई बटमलाइन बनाएको छ। नेपालले आइतवार राति विज्ञप्ति जारी गर्दै आफ्ना माग सार्वजनिक गरेका थिए। नेपाल समूहका माग सम्बोधन गर्न भन्दै बालुवाटारमा बिहीवार बसेको बैठकले नेपाल समूहका ४ नेतालाई निलम्बन गर्ने कारवाही फुकुवा गरेको छ।

यो वार्ताबाट लामो समयदेखिको विवाद सुल्टिने या थप बल्झिने तय हुने अपेक्षा गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell