काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक समीकरणबारे छलफल गर्न अपराह्न ४ बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका दाबेदार देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको भेटपछि पदाधिकारी बैठब बोलाएका हुन्।
जसपाको ठाकुर पक्षका कारण विपक्षी गठबन्धनमा बहुमत पुग्ने अवस्था नहुँदा राजनीतिक दौडधुप बढेको छ।
