PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार



पहिलोपोस्ट

निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

काठमाडौं : कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने विपन्न परिवार मारमा परेका छन्। यो समस्यामा हातेमालोको प्रयास गरेका नेपाली कलाकारले।

गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न वितरण सुरु गरेका हुन्।

‘जति सक्छौं सम्राट भाई र मैले आफ्नो खल्तीबाट सहयोग गर्ने भन्ने हो,’ कलाकार जोशीले भने, ‘पोहोर लकडाउनमा हामी छुट्टाछुट्टै सक्रिय थियौं। सम्राट भाइले लौ न त दाई गरौं भनेपछि हामी कुदिरहेका छौं।’

गायक चौलागाईंले भने, ‘काठमाडौं उपत्यकाभरी खान नपाएका जति पनि विपन्न, गरिब, असहाय परिवार छन् तिनीहरुलाई भ्यासम्म चालम, दाल, नुन र तेल लगायत खाद्यान्न सहयोग गरिरहेका छौं। घरपरिवारमा व्यक्ति संख्या हेरेर सहयोग गरिरहेका छौं ।’

आफूहरु सहयोगका लागि २४ सै घण्टा हाजिर हुने उनीहको भनाइ छ। आफूहरुले सामाजिक सञ्जालमा सहयोगको जानकारी गराएको त्यहीँबाट मानिसहरुले थाहा पाएर सम्पर्क गरिरहेको कलाकार जोशी बताउँछन्। फोन आएपछि उनीहरु आफ्नो गाडी लिएर खाद्यान्न बोकेर सम्बन्धित ठाउँमा पुग्ने गरेका छन्।

महामारीको समयमा कोही पनि भोकले मर्न नपरोस् भनेर आफूहरु मानवीय सेवाभावले खाद्यान्न वितरणमा जुटेको उनीहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell