PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोभिडका कारण एकै घरमा आमा–छोराको निधन, बाबु अक्सिजनमा



पहिलोपोस्ट

कोभिडका कारण एकै घरमा आमा–छोराको निधन, बाबु अक्सिजनमा

विराटनगर : विराटनगर सिङ्गिया घाटमा कोरोनाका कारण बुधबार राति निधन भएकी ६० वर्षीया आमा नीलमदेवी बेगवानीको दाहसंस्कार विहीवार हुँदै थियो।

यसैबिच ४१ वर्षीय छोरा विनीत बेगवानीले पनि कोभिडकै कारण मृत्युवरण गरेको खबर आयो। यता ६६ वर्षीय बाबु विमल बेगवानी कोभिडजन्य निमोनियाका कारण घरमै अक्सिजनसहितको उपचार लिएर सुतिरहेका छन्। उनको स्थिति स्थिर छ।

यो घटना विराटनगरको पुरानो गहना पसल महालक्ष्मी ज्वेलरीको हो। यो विराटनगरको मेनरोडमा सञ्चालित छ।

आमा नीलम र छोरा विनीत दुबैको निधन विराट अस्पतालमा भएको हो। विनीतका २ र आमा नीलमका विनीतसहित ४ छोरा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell