PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कैलालीमा कोरोनाबाट ५ जनाको मृत्यु, थपिए २१९ कोरोना संक्रमित



पहिलोपोस्ट

कैलालीमा कोरोनाबाट ५ जनाको मृत्यु, थपिए २१९ कोरोना संक्रमित

कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना र निजी अस्पतालमा दुई गरी थप ५ जनाको मृत्यु भएको हो।

सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–२ की ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र गोदावरी ३ कै ५२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

त्यस्तै जिल्लाको गोदावरी नगरपालिका–४ की ६५ बर्षीया महिलाको सामुदायिक अस्पतालबाट मालाखेती र धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय पुरुषको अत्तरिया स्थित पदमा अस्पतालमा मृत्यु भएको छ।

कैलालीमा थपिए २१९ संक्रमित

सेती अस्पतालमा गरिएको परीक्षणमा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७६ नमुना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै १ सय १८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १ सय १ जना र अन्य जिल्लाका ५१ जनामा संक्रमण पुष्टि भएको सूचनाअधिकारी श्रेष्ठले बताए।

हाल अस्पतालमा ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आईसीयूमा, ४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २५ पुरुष र १० महिला गरी ३५ जना उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell