PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी



पहिलोपोस्ट

वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी

वीरगंज : वीरगंजमा विभिन्न बैंकका गरी झण्डै ९१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएदेखि वैशाख २५ गतेसम्ममा यहाँका विभिन्न बैंकहरुमा कार्यरत ९१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वीरगंज बैंकर एशोसियशनले जनाएको छ।

सबैभन्दा बढि एभरेस्ट बैंकका १० जना कर्मचारी संक्रमित भएका छन्। त्यसैगरी, नबिल बैंक र मेगा बैंकका ९/९ जना, नेपाल बैंकका ८ जना, ग्लोबल आईएमई बैंक र कुमारी बैंकका ६/६ जना, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र एनआइबिएल बैंकका ५/५ जना कर्मचारी संक्रमित भएका छन्।

यसैगरी, सिभिल बैंक, सेन्चुरी कर्मसियल बैंक र एडिबिएल बैंकका ४/४ जना, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसिसि बैंकका ३र३ जना, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र सनराइज बैंकका २/२ जना र सिटिजन्स बैंकका १ जना कर्मचारी संक्रमित भएको नबिल बैंकका एक प्रबन्धकले जानकारी दिए।

संक्रमितमध्ये १३ जना कर्मचारी संक्रमणमुक्त भएका छन्। हाल ७८ जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसन तथा होम आइसोलसनमा उपचाररत छन्।

यता बैंकमा कर्मचारी संक्रमित हुँदा त्यहाँ पुगेका सेवाग्राही पनि संक्रमित हुने जोखिम बढेको छ। बैंकमा हुने नगद कारोबारका कारण संक्रमण फैलन सक्ने चिन्ता स्वास्थ्यकर्मीहरुले व्यक्त गरेका छन्।

कर्मचारीहरु बैंक प्रशासनसँग सतर्कता अपनाउने पटक–पटक आग्रह गरे पनि त्यसको सुनुवाई नभएको बताउँछन्। बैंकमा कार्यरत कर्मचारी पनि संक्रमित भएको अवस्थामा लगभग १ हप्तासम्म भएपनि पूर्ण रुपमा बन्द गरे चेन ब्रेक हुने वीरगंज बैंकर्स एशोसिशनले जनाएको छ। हाल बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell