PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ।

क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्।

कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै महत्वपूर्ण हुन्छ। बिरामीको चाप पढेसँगै अक्सिजन प्लान्ट तथा उद्योगलाई माग अनुसार उत्पादन गर्न धौधौ भएको छ। जसकारण बिरामीको लागि पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति गर्न समस्या भइरहेको छ।

यस्तोमा बिरामीको लागि अक्सिजनको जोहो गर्न उनीहरुका आफन्त नै लागि परेका छन्। आफ्ना आफन्तलाई अक्सिजनको अभाव नहोस् भनेर उनीहरु हरसम्भव कोशिस गरिरहेका छन्।

बालाजुको अक्सिजन डिपोमा पनि बिहानैदेखि अक्सिजन लिनेहरुको लाइन लाग्ने गर्छ। भिडभाडमा जोखिम मोलेरै भएपनि उनीहरु अक्सिजन लिन लागि परिरहेका देखिन्छन्। यस्तो भिडको नियन्त्रण गर्न सुरक्षाकर्मी नै परिचालन गर्नु पर्ने अवस्था आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell