PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बन्ने



प्रकाश भण्डारी

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बन्ने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि विषयान्तर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद विषयान्तर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। 

अदालतका फैसलापछि सम्पूर्ण विषय पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने अडान नेपाल पक्षले गर्दै आएको थियो। 

यस्तै, ओली र नेपालबीच फागुन २८ को महाधिवेशन आयोजक कमिटीको निर्णय कसरी अघि बढाउने भन्नेबारे अध्ययन कार्यदल बनाउने समझदारी बनेको छ।  

वार्ता सकारात्मक भएसँगै हाललाई सामूहिक राजीनामा स्थगित भएको वार्तापछि वरिष्ठ नेता नेपालले बताए। 

भेटवार्तामा नेपालले अघि सारेका छ बुँदे प्रस्तावमा पनि छलफल भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell