काठमाडौं: नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक निष्कर्षविहीन बनेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार गठनबारे छलफल गरे पनि निर्णय नगरेको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल समूहले नयाँ सरकारका लागि सहयोग गर्ने बताएको भए पनि ओलीसँगको सहमतिपछि पछि हटेको छ। नेपाल-खनाल समूहले सामूहिक राजीनामा नगरेपछि सरकार गठनबारे अन्योल भएको हो।
'नेकपा एमालेमा माधव र झलनाथ खनालको समूह सरकार निर्माणमा सकारात्मक हुहुनुन्थ्यो। तर उहाँहरुले अहिलेसम्म कुनै निर्णय गर्नु भएन। नेपाल खनाल पक्षको निर्णय पर्खेर बसेका छौं। त्यसपछि हामी औपचारिक निर्णयमा जानेछौं,' उनले भने।
यता प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबीच भएको वार्ता सकारात्मक भएपछि तत्काल राजीनामा नदिने नेपाल समूहले बताएको छ।
