PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

कोरोना संक्रमित बोक्न हेटौंडामा ‘अटो एम्बुलेन्स’ तयार



निशा गुरुङ

कोरोना संक्रमित बोक्न हेटौंडामा ‘अटो एम्बुलेन्स’ तयार

हेटौंडा : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा आजबाट संक्रमितलाई बोक्न अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ।

नेपाल अटो तथा विद्युत यातायात प्रालि हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरुसँग आवश्यक समन्वय गरी विहीबार हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुनेगरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याएको प्रमुख जिल्ल अधिकारी भरतमणि पाण्डेले बताए।

३६ वटा वटोलाई केहि स्वरुप परिवर्तन गरि अटो चालकलाई पीपीई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताए। हेटौंडा उपमहानगरपालिकाका ४ र ५ नम्वर वडामा दैनिक संक्रमितको संख्या बढिरहेको पाइएको छ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को पदाधिकारीहरुको उपस्थितिमा चालकलाई पीपीई सेट प्रदान गर्दै अटो एम्बुलेन्स सुरुवात गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell