PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत



पहिलोपोस्ट

माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत

जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्रले रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ। माओवादी केन्द्रको मुस्लिम कोटाका समानुपातिक प्रदेशसभा सदस्य मोहम्मद समिर नेकपा एमालेमा लागेपछि उनलाई कारबाही स्वरुप पदमुक्त गरिएको थियो।

रिक्त रहेको सो पदमा कादरीलाई मनोनित गरिएको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। मनोनित भएकी प्रदेशसभा सदस्यले आजै शपथ ग्रहण समेत गरेकी छिन्।

मनोनित भएकी कादरीलाई प्रदेश २ को प्रदेशसभाका सभामुख सरोजकुमार यादवले  सपथ ग्रहण गराएका हुन्। प्रदेशसभा सदस्य समिरलाई पदमुक्त गरिएको झण्डै १ महिनापछि कादरीलाई मनोनित गरिएको हो। पर्सा जिल्लाकी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell