PahiloPost

May 14, 2024 | १ जेठ २०८१

नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'



पहिलोपोस्ट

नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसले नयाँ सरकार गठनमा दाबी नगर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने कि नजाने भन्ने प्रश्नको जवाफमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, 'कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ। परिणाम नआउने दाबी के गर्नु?'

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्। समय सकिँदै गर्दा कांग्रेसले माओवादी केन्द्र र जसपाका नेताहरुसँग वार्तासमेत गरेको थियो। वार्ता फलदायी नभएपछि र एमालेका माधव नेपाल समूहका सांसदले राजीनामा नदिएपछि सरकारको नेतृत्व गर्न तम्सिएको कांग्रेस ब्याक भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell