PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी वाग्मती प्रदेशभर बैशाख २९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता २०७२ लागू गरिएको हो।

सो आचार संहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीको लागि लागू हुनेछ।

त्यस्तै, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेद्वार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्वाचन पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा पनि सो आचार संहिता लागू हुने आयोगले बताएको छ।

आचार संहिताको पूर्ण रुपमा पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले सबैसँग अनुरोध समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell