PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाल सुपर लिग : ललितपुरमाथि सानदार जित निकाल्दै काठमाडौं फाइनलमा

नेपाल सुपर लिग : ललितपुरमाथि सानदार जित निकाल्दै काठमाडौं फाइनलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न क्वालिफार्सको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले ललितपुरमाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

काठमाडौंको जितमा मेसौके ओलोमौले दुई गोल गर्दा स्टेफेन बेनोङले दुई गोल गरे। खेलको १५ औं मिनेटमा काठमाडौंलाई अग्रता दिलाएका मेसौकेले २२ औं मिनेटमा दोस्रो गोल थप्दा पहिलो हाफमा काठमाडौं दुई गोलले अघि रह्यो। १५ औं मिनेटमा ललितपुरका कमल श्रेष्ठले मेसौकेलाई फल गरेपछि काठमाडौंले पेनाल्टीको अवसर पाएको थियो। दोस्रो हाफमा बेनोङले गोल थपेका थिए। उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए।

उता ललितपुरले पनि खेलको सुरुबाटै पटकपटक अवसरहरु बनाए पनि फिनिसिङ चुकेको थियो।

जितसँगै काठमाडौंले फाइनलमा स्थान सुरक्षित गरेको छ भने ललितपुर सिटी बाहिरिएको छ। शनिवार फाइनलमा काठमाडौं र धनगढी एफसी भिड्ने छन्। जारी प्रतियोगितामा काठमाडौं र धनगढीबीचको यो तेस्रो भेट हुनेछ। यसअघिको दुई खेलमा धनगढीले काठमाडौंमाथि जित निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell