PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै दैनिक संक्रमण संख्यामा उच्च हो।

प्रदेश १ मा आज २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९ जनामा संक्रमण देखिएको छ। त्यस्तै, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९/९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुषसहित २९६  संक्रमण देखिएको छ। त्यस्तै, सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३/३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २/२, ग्रामथान, बुढीगंगा र लेटाङमा १/१ जना संक्रमित थपिएका छन्।

झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २/२, गौरीगञ्ज र कचनकवलमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहवी र स्थानीय तह नखुलेको ३/३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि, ताप्लेजुङमा फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६/६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीवास र स्थानीय तह नखुलेको १/१, भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सुर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १/१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज थपिएका १ हजार ३९ जनासँगै संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ। आज १५७ जना संक्रमणमुक्त भएसँगै ३० हजार ६२७ जनाले संक्रमण जितिसकेका छन् भने सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ।

मोरङका ७ सहित १५ जना संक्रमितको मृत्यु

प्रदेश १ मा आज ७ सहित १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा ३ महिला १२ पुरुष रहेका छन्।

आज मोरङमा २ महिला र ५ पुरुष, सुनसरीमा १ महिला र ३ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell