PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलसँग २-४ गोलअन्तरले पराजित भएको हो।

खेलको १० औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको थियो। तर ३४ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै रोबेर्टो फर्मिन्होले पहिलो हाफको इन्ज्युरी टाइममा गोल थप्दा पहिलो हाफमै युनाइटेड १-२ गोलअन्तरले पछि रह्यो।

दोस्रो हाफमा फर्मिन्होले नै लिभरपुललाई अघि बढाए। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए। घरेलु टोलीका लागि मार्कस रासफोर्डले ६८ औं मिनेटमा गोल गरे तर खेलमा फर्कन त्यो पर्याप्त भएन। उता लिभरपुलका मोहम्मद सलाहले खेलको अन्तिम मिनेटमा गोल गर्दा लिभरपुलले ४-२ गोलअन्तरले जित निकाल्यो।

३६ खेलबाट ७० अंक जोडेको युनाइटेड तालिकाको दोस्रो स्थानमा छ भने ३५ खेलबाट ६० अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहँदै शीर्ष चारको सम्भावनालाई कायमै राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell