PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

यी चार जिल्लामा छैन निषेधाज्ञा



पहिलोपोस्ट

यी चार जिल्लामा छैन निषेधाज्ञा

काठमाडौंः बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भयो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा मुस्ताङमा समेत पुगेकोछ। अहिले देशभरका चारवटा जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा निषेधाज्ञा छ।

पहाडी जिल्ला तेह्रथुम, खोटाङ, हिमाली जिल्ला मनाङ र रुकुम पर्वमा निषेधाज्ञा गरिएको छैन। मनाङसँग जोडिएको हिमाली जिल्लाम मुस्ताङमा बिहिवार देखि केही स्थानमा निषेधाज्ञा गरिएको हो। अहिले देशभरका ७३ वटा जिल्लामा निषेधाज्ञा रहेको छ।

संक्रमितको सङख्या ठुला शहरमा ५ सय अन्य स्थानमा २ सय भएको ठाउँमा स्थानिय प्रशासन कार्यालयले निषेधाज्ञा गर्न पाउने अधिकारी रहेको छ। निषेधाज्ञा गरिएको जिल्लामा मध्ये काठमाडौंमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकाभित्र देशभर थपिने संक्रमितमध्ये ३० प्रतिशत भन्दबढी छन्।

अहिले निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक भने बाँकी जिल्लाहरुमा पूर्णरुपमा निषेधाज्ञा रहेको छ। कोरोना संक्रमण बढ्दै गएपछि संक्रमरण सर्ने दर घटनाउन भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा गरेका हुन्। त्यस्तै सरकारले अन्तराष्ट्रीय हवाइ उडान समेत बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell