PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरगंजका नारायणी र नेसनलमा थप ६ जना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजका नारायणी र नेसनलमा थप ६ जना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। बिहीवार दिउँसो ३ बजेपछि शुक्रवार बिहान ४ बजे सम्म पाँच महिला गरी ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साका ५ र बाराका एक जना रहेका छन्। ४ जनाको नारायणीमा र २ जनाको नेसनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा मृत्यु भएको छ।

नारायणी अस्पतालमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का ६० वर्षीया महिलाको शुक्रवार विहान ४ बजे, विहान साढे १२ बजे वीरगंज–१६ नगवाकी ८५ वर्षिया महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए।

यता पर्सा, डोकैला बहुअरी २ की ५० वर्षिया महिलाको गएराति साढे ९ बजे नारायणीमा मृत्यु भएको थियो भने वीरगंज–१५ लक्षुमानवाकी ५५ वर्षीया महिलाको बिहीवार दिउँसो साढे ३ बजे मृत्यु भएको थियो।

जिल्ला प्रशासन कार्यालय पर्साका बाबा होटलस्थित कोभिड अस्पतालमा वीरगंज –१५ का ७६ वर्षीय पुरुषको हिजो साँझ ४ बजेर १० मिनेटमा निधन भएको थियो भने वीरगंज–२६ सुगौलीविर्ताकी ५० वर्षीया महिलाको हिजो साँझ ४ बजे मृत्यु भएको थियो। वीरगंजमा एक महिनाको अवधीमा ११५ जनाको मृत्यु भएको छ।

वीरगंजमा थप १५६ जनामा संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा बिहीवार गरिएको २८८ स्वाब परिक्षणमा १०७ पुरुष र ४९ महिला कोरोना पुष्टि भएको हो।

प्रदेशमा ७ हजार ७ सय ५१ एक्टिभ केस

प्रदेश २ को आठ जिल्लामा बिहीवार रातिसम्म ७ हजार ७ सय ५१ एक्टीभ केस पुगेको छ। जसमा ७ हजार ३ सय ८२ जना होम आइसोलेसनमा छन् भने ४०१ जना अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रदेश २ को आठ जिल्लामा हालसम्म दुबै कोरोना महामारीको चरणमा २८० जनाको मत्यु भइसकेको छ। जसमा पर्साका मात्र ९३ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell