PahiloPost

Jun 16, 2024 | ३ असार २०८१

टी २० विश्वकपमा २० टिम समावेश गराउने बहसमा आईसीसी



पहिलोपोस्ट

टी २० विश्वकपमा २० टिम समावेश गराउने बहसमा आईसीसी

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले टी २० विश्वकपमा समावेश हुने टिमको संख्या बढाउने तयारी गरेको छ। ईएसपीएनक्रिकइन्फोका अनुसार क्रिकेटलाई विश्वभर फैलाउने लक्ष्यका साथ विश्वकपमा सहभागी टिमको संख्या बढाउने तयारीमा आईसीसी लागेको हो।

यहीवर्ष भारतमा हुने तयारीमा रहेको विश्वकपमा १६ वटा टिम नै सहभागी हुने भए पनि आगामी संस्करण (२०२४) का लागि भने २० टिमलाई सहभागी गराउने गरि आईसीसीले छलफल अघि बढाएको इएसपीएनले जनाएको छ। जसमा टिमहरुलाई ४ समूहमा विभाजन गरिने छ जसमा हरेक समूहमा ५ टिम रहने छन्। महिला तर्फको प्रतियोगितामा टिमको संख्या बढाउने निर्णयमा आईसीसी यसअघि नै पुगिसकेको छ। यो निर्णयसँगै एकदिवसीय क्रिकेटमा पनि टिमहरुको संख्या बढ्ने सम्भावना (१० बाट १४) रहने छ। त्यस्तै ओलम्पिकमा सहभागिता जनाउने देखि इन्टरकन्टिनेन्टल कपलाई पनि केही परिमार्जित गरेर सञ्चालन गर्नेलगायतको सम्भावन रहेको बताइएको छ।

यी विषयहरुमा कमिटीको बैठकमा कुराहरु उठेता पनि ठोस निर्णयहरु भइनसकेको बताइएको छ। यद्यपि यस विषयमा क्रिकेटका पूर्ण सदस्य ठूला राष्ट्रहरुले पनि सकारात्मक बनेको बताइएको छ।

टी २० विश्वकपलगायतमा टिमको संख्या बढ्ने हो भने नेपाल लगायतका राष्ट्रहरुलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell