PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड १९ संक्रमणकै बिचमा वडा अध्यक्षको गयो ज्यान



पहिलोपोस्ट

कोभिड १९ संक्रमणकै बिचमा वडा अध्यक्षको गयो ज्यान
फाइल फोटो

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोदकुमार मण्डलको कोरोना संक्रमणकै बिच मृत्यु भएको छ। 
वडाध्यक्ष मण्डलको मृत्यु कोरोना भाइरसका कारभए भएको मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादवले जानकारी दिए।
वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साता अघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएको थियो। उनी गाउँमै औषधी सेवन गरी बसेका थिए। रुघा र ज्वरो निकयो भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए। 

त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएको थियो। उपचार पछि ठीक भएर घर फर्केका उनमा त्यसको केही दिनपछि श्वासप्रश्वासको समस्या देखियो।  त्यसपछि चन्द्रकला देवी अस्पतालको आईसीयूमा भर्ना गरेर उनको उपचार सुरु भएको थियो।  

आज बिहान‌ै उनको मृत्यु भएको  प्रमुख यादवले बताए । वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell