PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्।

संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिव लगायतका कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सम्पूर्ण कर्मचारीहरु र संसदीय मामिला पत्रकारहरुले दोस्रो डोज लगाउँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell