PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

देउवा निवासमा गठबन्धनको छलफल, साझा प्रश्न : अब अघि बढ्ने कसरी?



पहिलोपोस्ट

देउवा निवासमा गठबन्धनको छलफल, साझा प्रश्न : अब अघि बढ्ने कसरी?

काठमाडौं : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बुढानीकण्ठमा छलफलका लागि जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव 
लगायतका नेताहरु आगामी दिनका लागि रणनीति बनाउन देउवा निवासमा छलफलमा जुटेका हुन्।

छलफलमा सहभागी एक माओवादी केन्द्रका नेताका अनुसार अबको रणनीति कस्तो बनाउने? भन्नेबारेमा छलफल भइरहेको छ। प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको माधव नेपाल समूहले साथ दिएपछि नयाँ रणनीति तय गर्न बैठक बसिरहेको हो।

'ओलीलाई हटाउने अब एक मात्रै विकल्प चुनाव हो। चुनावसम्मको गठबन्धन बनाएर मात्रै ओलीलाई सत्ताबाट हटाउन सकिन्छ भनेर छलफल भइरहेको हो,' प्रचण्ड निकट ती नेताले भने।

जसपाका अध्यक्ष यादवले जसपाबाट अलग नभएरै गठबन्धनलाई साथ दिने बारेमा आफ्नो मत राखेका छन् भने नेपाली कांग्रेसका सभापति देउवाले नेपाल समूह नयाँ सरकार गठबनबाट पछि हटेको बताएका छन्। प्रचण्डले भने अझै नेपाल समूह ओलीलाई नै साथ दिनेबारे ढुक्क भइनसकेको बताएका थिए। 

बिहीवार नेपालले ओलीसँगको वार्तापछि सहमतिका लागि वातावरण तयार भएको बताएका थिए। सर्वोच्च अदालतको फागुन २३ पछिको फैसलापछि एमालेमा बल्झिएको विवाद सुल्ट्याउन कार्यदल बनाउने सहमति भएसँगै मत्थर भएको छ। एमाले विवाद मिलेपछि विपक्षी गठबन्धन बने थप कमजोर बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell