काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को ट्रफी सार्वजनिक गरिएको छ। फाइनल खेलको पूर्वसन्ध्यामा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ट्रफी सार्वजनिक गरिएको हो।

एनएसएलको फाइनलिस्ट काठमाडौं रेजर्स र धनगढी एफसीका कप्तान द्वय विकेश कुथु र किरण चेम्जोङले ट्रफी सार्वजनिक गरेका हुन्। प्रतियोगितको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमने सामने हुनेछन्।
धनगढीका कप्तान किरण चेम्जोङले यसअघि पनि काठमाडौंसँग खेलेर जितिसकेको भए पनि प्रतिस्पर्धीलाई कमजोर नआक्ने बताएउँदै फाइनलमा आफ्नोतर्फबाट शतप्रतिशत दिने बताए।

त्यस्तै काठमाडौका कप्तान विकेश कुथुले यसअघिका हारबाट पाठ सिक्दै फाइनलमा राम्रो गर्ने बताए। उनले सबै खेलाडीहरु उत्साही रहेको भन्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए। काठमाडौंका ्प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी आफ्नो टिमले जित्ने दाबी गरे।
फाइनल खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।
