PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सपथपछि आजै साँझ माधवकुमार नेपाललाई भेट्दै ओली



पहिलोपोस्ट

सपथपछि आजै साँझ माधवकुमार नेपाललाई भेट्दै ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच शुक्रवार साँझ साढे ६ बजे भेटवार्ता हुने भएको छ।

आज सिंहदरवारमा भेटको तय भएको ओली समूहका नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार बिहीवार भएको वार्ता सकारात्मक भएको र बाँकी सहमतिको खाका तयार पार्न ओली र नेपाल भेट्न लागेका हुन्।

नेपाल समूहले आफ्ना ६ बुँदे मागलाई अघि सारेको छ। २०७५ जेठ २ अघिको एमालेको कमिटीलाई मान्यता दिनुपर्ने नेपाल समूहले बटमलाइन बनाएको छ। हिजो नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामाको तयारी गरेका थिए जसलाई दुई नेताबिचको वार्ता सकारात्मक रुपमा सकिँदा अगाडि बढाइएन।

हिजो भएको वार्ता सहमतिउन्मुख भएपछि तत्कालका लागि राजीनामा टरेको हो। वार्तापछि नेपालले तत्कालका लागि राजीनामा टरेको र विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको जानकारी दिएका थिए।

ओली र नेपाल समूहका ५/५ जना नेता राखेर कार्यदल बनाउने सहमति भएको हो। आज उक्त कार्यदलबारे टुंगो लाग्ने बताइएको छ। नेपाल समूहका नेताहरु पनि शुक्रवार विस्तार भएको मन्त्रिरिषदमा सहभागी गराउनेबारे छलफल भए पनि सहमति नभएपछि ओलीले पुरानै मन्त्रिहरुलाई निरन्तरता दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell