PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या



निशा गुरुङ

हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो।

अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९ का संक्रमितहरुलाई हेटौँडा अस्पतालले सुरुवाती चरणबाटै हालसम्म सेवा गर्दै आइरहेकोमा आजैबाट संक्रमण भै भर्ना भएका अक्सिजन दिई उपचार गर्नुपर्नेको लागि समस्या सृजना भएको उल्लेख छ।

साथै एचडियू र आईसीयूमा भर्ना भएका बिरामीको लागि अब जम्मा ३ घण्टाको लागि मात्र अक्सिजन रहेको, अस्पतालले आवश्यक अक्सिजनको लागि अन्य जिल्लाको उद्योगहरुसँग भरपर्नुपर्ने अवस्था रहेको र बाहिरबाट हालसम्म प्राप्त भैरहेको अक्सिजन सिलिण्डरसमेत हिजो रातिबाट उपलब्ध हुन छाडेको अप्ठेरो परिस्थिति सृजना भएको जनाएको छ। अस्पतालले उपचार गर्दै आइरहेको सेवामा अक्सिजन उपलब्ध हुन नसकेको हुनाले विरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौँलागाईले मकवानपुरमा अक्सिजन प्लान्ट नहुनु नै दुर्भाग्य भएको बताए। बाहिरबाट अक्सिजन ल्याउनुपर्ने भएको कारण यहाँ समस्या भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell